राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ श्रावण, २०८२
२०८२ साउन १८, काठमाडौं । तनहुँबाट चितवन आउँदै गरेको बस तनहुँको ऐना पहरामा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । ग २ ख १०७७ नंबरको बस ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा सहिदलखन गाउँपालिका ६ की ४० बर्षीया सुनु थापा, सहिद लखन-६ रानीस्वाँराकी ४३ बर्षीया सीता थापा, सोही ठाउँकी २८ बर्षकी मीना थापा मगर, गोरखा नगरपालिका-९ का ५४ बर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका८ बर्षका खुशी राम रामदाम रहेका छन् ।
सुनुको अवस्था गम्भीर छ ।