बिहीबार, २८ फाल्गुन, २०८२

मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

२०८२ फागुन १८, बागलुङ । मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयमा कार्यरत ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन् । शव अस्पतालमै राखिएको छ ।

घताने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङस्थित जनप्रिय आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका थिए । ड्युटीमै खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तत्काल अर्को कर्मचारी खटाइएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676551694.gif