मंगलवार, २८ आश्विन, २०८२

नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीले कान्छी श्रीमतीको हत्या गरेर आफूले पनि गरे आत्महत्या

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २२ बैशाख, २०८२

नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीले कान्छी श्रीमतीको हत्या गरेर आफूले पनि गरे आत्महत्या

२३ बैशाख २०८२, पोखरा । पोखराको बिरौटामा नेपाल राष्ट्र बैंकका पूर्वकर्मी ऋषिराम बरालले आफ्नी कान्छी श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन् ।

सोमबार अपरान्ह कान्छी श्रीमतीको हत्या गरेपछि गम्भीर अवस्थामा भेटिएका बरालको गए राति उपचारको क्रममा मृत्यु भएको हो । पाँच वर्षअघि बैंकबाट अवकाश लिएपछि बरालले कान्छी श्रीमतीलाई नयाँ घरमा ल्याएका थिए ।

छिमेकीहरूका अनुसार जेठी श्रीमतीसँग पुनः नजिकिएको थाहा पाएपछि दम्पतीबीच सम्बन्ध बिग्रँदै गएको थियो । हत्याअघि बरालले फेसबुकमा जेठी श्रीमतीसँगको तस्बिर र भिडियोसमेत पोष्ट गरेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

advertisement_1676553851.gif