मंगलवार, २८ आश्विन, २०८२

पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २१ फाल्गुन, २०८१

पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

२१ फागुन २०८१, पर्वत। जिल्लाको बिहादी गाउँपालिकामा बुधबार बिहान भएको जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

advertisement_1676553908.gif