मंगलवार, २८ आश्विन, २०८२

राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २१ जेष्ठ, २०८२

राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय

२० जेठ २०८२, पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेको छ ।

केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले उक्त नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले जानकारी दिए ।

यो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गण्डकी प्रदेश सरकारलाई पठाइएको औपचारिक पत्रका आधारमा गरिएको हो ।

पत्रमा जनजीवनलाई सहज बनाउने उद्देश्यले नियमावली अन्तर्गतको कार्यान्वयन तत्काल रोक्न आग्रह गरिएको थियो।

advertisement_1676551694.gif