शुक्रबार, २ फाल्गुन, २०८१

स्याङ्जाको वालिङमा स्कार्पियो जिप दुर्घटनामा पाँच जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ माघ, २०८१

स्याङ्जाको वालिङमा स्कार्पियो जिप दुर्घटनामा पाँच जना घाइते

स्याङ्जा, २२ माघ । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा स्कार्पियो दुर्घटना भएको छ । आज बिहान ग १ च ८९१३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।

वालिङ – पर्वत कच्ची सडक खण्ड अन्‍तर्गत वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग १ च ८९१३ नम्बरको स्कार्पियो जीप दुर्घटना हुदॉं पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइतेहरुमा वालिङ १४ सिरवानी बस्ने ६३ वर्षीय उमापति डुम्रे, सोही ठाउँ बस्ने भिमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैयुँ गाउँपालिका ६ हुवास बस्ने ३३ वर्षीय कुमाकला तिवारी र निजको छोरा ११ वर्षीय कमल तिवारी रहेका छन् ।

घाइते पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ । स्कार्पियो जिपमा सवार ८ मध्ये ३ जना सकुसल रहेका छन् । जिप बाटो देखि अन्दाजी ४ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif