मंगलवार, २८ आश्विन, २०८२

तनहुँमा बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ जेष्ठ, २०८२

तनहुँमा बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

६ जेठ २०८२, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे नजिक आज बिहान एकापसमा ठोकिदा दुर्घटना भएको छ । उक्त दुर्घटनामा बसमा सवार ७ जना घाइते भएका छन् । रुकुम पश्चिमबाट काठमाडौं तर्फ आउदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको टिप्पर एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिकाका हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिकाकी  बिन्दु वली, भद्रबहादुर वली, रुकुम पश्चिमकै शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँका शंकर अधिकारी घाइते भएका छन् ।

उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

advertisement_1676551646.gif