मंगलवार, २८ आश्विन, २०८२

धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना: पाइलट घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ चैत्र, २०७९

धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना: पाइलट घाइते

काठमाडौँ । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।  आइतबार बिहानदेखि सम्पर्कविहीन भएको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो।

हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेको हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

advertisement_1680627706.gif