मंगलवार, २८ आश्विन, २०८२

अदालत परिसरबाटै पुन: प्रकाउ परे दुर्गा प्रसाईं

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २७ मंसिर, २०८१

अदालत परिसरबाटै पुन: प्रकाउ परे दुर्गा प्रसाईं

काठमाडौं, मंसिर २७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अब आपराधिक लाभसबन्धी मुद्दामा थप अनुसन्धान हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजालसले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए ।

प्रसाईंमाथि भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन बिभिन्न मानिसलाई प्रयोग गरेको अर्काे आरोप छ । 

जिल्ला अदालतको आदेश अनुसार ४० हजार धरौटी बुझाएर निस्कनासाथ प्रसाईं पक्राउ परेका हुन्।

advertisement_1680627706.gif