मंगलवार, १८ चैत्र, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ८ चैत्र, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

९ चैत्र २०८१, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२९ कालिकास्थान बस्ने ४७ वर्षीया लैला कुमारी गहतराजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ कालिकास्थानबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif