मंगलवार, २८ आश्विन, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ भाद्र, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२ भदौ ०५, ललितपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ललितपुर गोदावरी नगरपालिका–२ बस्ने सर्लाही हरिवन नगरपालिका–९ घर भएका ३३ वर्षीय प्रकाश कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत ललितपुरको २०८० असोज ७ गतेको फैसलाले २० लाख ९० हजार रूपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका–२ बाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

advertisement_1676998982.gif