मंगलवार, २८ आश्विन, २०८२

बाल मन्दिर जग्गा प्रकरण: ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग (अभियोग पत्रसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ बैशाख, २०८२

बाल मन्दिर जग्गा प्रकरण: ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग (अभियोग पत्रसहित)

२४ बैशाख २०८२, काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो । उनीसहित १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो ।

उनीसँगै उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी, पुरुषाेत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डे र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर भएकाे छ ।

उनीहरुविरुद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा ठगी मुद्दा चलाइएको छ । मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरिएको छ ।

 

Download the PDF
advertisement_1680627680.gif