राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८२ फागुन १७, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन शाहमाथि गोली प्रहार’ भएको भन्दै झुटो र भ्रामक सूचना फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई नियन्त्रणमा लिएको हो ।
उनलाई फागुन १५ गते दिउँसो काठमाडौँ महानगरपालिका–५ स्थित डबली चोकबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।