मंगलवार, २८ आश्विन, २०८२

बैतडीमा गोली हानेर युवकको हत्या

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ फाल्गुन, २०८१

बैतडीमा गोली हानेर युवकको हत्या

१८ फागुन, धनगढी । बैतडीमा गोली प्रहार हानेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार राति विष्टमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका विष्टको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

नातामा दाजु पर्ने ४५ वर्षीय कर्ण विष्टले उनलाई गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

advertisement_1744958411.jpg