शनिबार, १६ जेष्ठ, २०८३

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

२०८३ जेष्ठ १६, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट करिब ५०० नेपाली नागरिकको उद्धार गरिएको छ ।

विभिन्न प्रलोभनमा पारेर भारत पुर्‍याइएका उनीहरूलाई बन्दक बनाइएको अवस्थामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार गरिएको हो ।

रुपन्देही प्रहरीका अनुसार गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली कुशीनगर पुगेको थियो । संयुक्त अपरेसनमार्फत त्यहाँ रहेका नेपालीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका सबै नेपालीलाई सुनौली सीमा नाकामार्फत नेपाल ल्याउने प्रक्रिया जारी रहेको छ । उनीहरूलाई आवश्यक सुरक्षा तथा समन्वयका साथ स्वदेश फर्काइँदै गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विभिन्न आकर्षक प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत लगिएको थियो । त्यसपछि उनीहरूलाई बन्दक बनाएर राखिएको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

advertisement_1676998982.gif