राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ बैशाख, २०८३
२०८३ बैशाख २८, दैलेख । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् ।
दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार बैंकिङ कसुरको आरोपमा अध्यक्ष शाहीलाई पक्राउ गरिएको हो ।
एक जना स्थानीय व्यक्तिलाई उनले दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो ।अदालतबाट म्याद थप अनुमति प्राप्त भइरकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।