बुधबार, १० असार, २०८३

भक्तपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

भक्तपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ

२०८३ असार ०९, भक्तपुर । भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर रहेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१ स्थित नगरकोट क्षेत्रमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहार हुँदा जिल्ला महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्दै आएका २८ वर्षीय आकाश रसाइली गम्भीर घाइते भएका थिए ।

घाइते रसाइलीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676551694.gif