राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १ मंसिर, २०८३
२०८३ कार्तिक ३० सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्न घाटमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साँझको छठ पूजा सकेर भक्तजन घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको थियो । घटनापछि क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको र बिहानको पूजा पनि सम्पन्न भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार अहिले घटनास्थलको अवस्था सामान्य रहेको छ ।