बिहीबार, २८ फाल्गुन, २०८२

डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ मंसिर, २०८२

डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ

२०८२ मंसिर २४, रुपन्देही । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नवलपरासी पूर्वमा कार्यरत नेपाललाई पक्राउ गरेको हो ।

रूपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार उनकी पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा मुद्दा दर्ता भएको थियो । जाहेरी परेको जानकारीपछि उनी स्वयं प्रहरी कार्यालयमा आइपुगेका र नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको बताए ।

अहिले नेपाललाई नियन्त्रणमा लिएर अदालतबाट तीन दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको छ । 

advertisement_1676551537.gif