राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ श्रावण, २०८२
५ साउन २०८२, काठमाडौं । सिधाकुरा डटकम' को चर्चित कार्यक्रम ‘डार्क फाइल’ लाई नक्कली (फेक) अडियो उपलब्ध गराएको अभियोगमा दोषी ठहर भएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले ६ महिना कैद सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीले इटहरीबाट पक्राउ गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो । उनी त्यसयता फरार रहेका थिए ।