राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३
२०८३ भदौ ११ काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल बीमासम्बन्धी कसुरको आरोपमा पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ३९ वर्षीया पौडेललाई काठमाडौँको बबरमहलबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार पौडेलमाथि बीमा ऐन, २०७९ अन्तर्गतको कसुर गरेको आरोप छ ।
दक्षिणकाली नगरपालिका–३, काठमाडौँमा बस्दै आएकी पौडेलमाथि लागेको आरोपका सम्बन्धमा सीआईबीले थप अनुसन्धान अघि बढाएको छ ।