बिहीबार, २८ फाल्गुन, २०८२

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष ‘विश्वक्रान्ति’ पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ पुष, २०८२

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष ‘विश्वक्रान्ति’ पक्राउ

२०८२ पुष ०१, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार तामाङ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई पक्राउ गरेको हो । उनीमाथि २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ । उक्त विष्फोटमा तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते समेत भएका थिए ।

कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूरमा समेत फरार रहेका उनलाई २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो । उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए ।

तर उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए ।  त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जानकारी दिएको हो ।

advertisement_1676553908.gif