शुक्रबार, ३ जेष्ठ, २०८२

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १३ कार्तिक, २०८१

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं, कार्तिक १३ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कतारबाट पक्राउ परेका छन‍् । भोजपुरका गजेन्द्र वान्तवा राईलाई एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ गरी मंगलबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीमाथि झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्या गरेको आरोप छ। उनी मृतक सर्मिलाका श्रीमानसमेत हुन् । 

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif