राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ८ भाद्र, २०८२
२०८२ भदौ ०८, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
फरार रहेका बमजन आज (आइतबार) नै जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । राईको इजलासमा उनको बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो ।
बमजन यस प्रकरणमा मुख्य अभियुक्त जीबी राईका जेठान हुन् । यता जेबी राई भने फरार नै छन् ।