बिहीबार, २८ फाल्गुन, २०८२

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा २ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ मंसिर, २०८२

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा २ जना पक्राउ

२०८२ मंसिर १८, सर्लाही । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्‍याइएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनीगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको र रौतहट जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बस्यालले बताए ।

advertisement_1772818633.jpg