राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ६ माघ, २०८१
६ माघ, दाङ । दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दङ्गिशरण गाउँपालिका –२ कौवाघारी निवासी २५ वर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँ निवासी २२ वर्षीय छविलाल डांँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरेको हो ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका दुबैलाई हरीले सार्वजनिक गरेको हो । शनिबार छविलाललाई नेपालगञ्ज र पुष्पलाललाई तुलसीपुरबाट प्रहरीको टोलीले पक्राउ गरेको एसपी तिमिल्सिनाले बताए ।
माघ ३ गते दाङको दङ्गीशरण गाउँपालिका वडा नं. २ कौवाघारी बस्ने प्रेमबहादुर कसुरी रुखबाट लडेर घाइते भएको दाबी सहित नेपालगञ्ज लगेर उपचार गराउने क्रममा माघ ४ गते मृत्यु भएको थियो ।
नेपालगञ्जस्थित नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा प्रेमबहादुरको राति साढे ८ बजे मृत्यु भएको एसपी कार्कीले बताए । प्रेमबहादुर कसुरीको मृत्यु भएपछि भेरी अस्पताल बाँकेमा पोष्टमार्फटम पश्चात बुवा अविर कसुरीले मृतकको शव बुझेर घरमा ल्याइसकेको अवस्थामा प्रहरीलाई शंका लागेर अनुसन्धान शुरु गरेको थियो ।
प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार घट्ना शङ्कास्पद भएको प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि मृतकको भेरी अस्पताल बाँकेमा पोस्टमार्टम गरेर माघ ४ गते शव घर ल्याएर दाहसंस्कार गर्न लग्ने अन्तिम तयारी भइरहेको समयमा प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।
सामुदायिक बनमा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।