बिहीबार, २८ फाल्गुन, २०८२

१२ किलो गाँजासहित विमानस्थलबाट एक जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ पुष, २०८२

१२ किलो गाँजासहित विमानस्थलबाट एक जना पक्राउ

२०८२ पुष १५, काठमाडौँ । थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५० ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनको लगेजबाट उक्त लागूऔषध फेला परेको प्रहरीले बताएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्युरो पठाइएको छ ।

advertisement_1676553908.gif