राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १३ भाद्र, २०८३
२०८३ भदौ १३ कञ्चनपुर । १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका –०५ गजरौलाबाट २ जनालाई पक्राउ गरेको हो ।
प्रकाउन पर्नेमा लागुऔषध सहित जिप चालक जिल्ला बझाङ, बुंगल नगरपालिका –०१ बस्ने २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङ, केदारस्युँ गाउँपालिका –०७ बस्ने ५० वर्षीय करन धामी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।