आईतवार, ३ जेष्ठ, २०८३

केन्द्रीय कारागारबाट महिला कैदी फरार

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

केन्द्रीय कारागारबाट महिला कैदी फरार

२०८३ जेष्ठ ०२, शनिबार, काठमाडौं । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना कैदी भागेका छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार भएकी हुन् ।

शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले बताएका छन् । नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।

कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको केन्द्रीय कारागारका अधिकारीहरू बताउँछन् । त्यसबारे अनुसन्धान भइरहेको एसएसपी धितालले बताए ।

केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन् । केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा २०८२ फागुन १ मा पनि  झडप भएको थियो । महिला बन्दी गृहमा ३ सय जना भन्दा बढी महिला कैदी बन्दीलाई राखिएको छ । 

advertisement_1680627706.gif