राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ४ मंसिर, २०८१
काठमाडौं, मंसिर ४ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
यसअघि थपिएको सात दिनको म्याद सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलमार्फत म्याद थपका लागि उनलाई अदालत उपस्थित गराइएको थियो । अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जापानमा मानव तस्करी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।