शुक्रबार, ३ जेष्ठ, २०८२

काठमाडौंमा पेस्तोलसहित १ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ११ कार्तिक, २०८१

काठमाडौंमा पेस्तोलसहित १ जना पक्राउ

काठमाडौं, कार्तिक ११ । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन् ।  दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ रानिबन बस्ने २४ वर्षीय अनिल खड्कालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन सहित अस्थायी प्रहरी बिट रानिबनबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif