मंगलवार, २८ आश्विन, २०८२

१ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ असार, २०८२

१ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

२४ असार २०८२, काठमाडौं । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार राति करिब १० बजे बौद्ध नयाँबस्तीस्थित एक भाडाको कोठामा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जियान रहेका छन्, जो हाल स्वयम्भुमा बस्दै आएका थिए । परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार, शंकास्पद आर्थिक कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धको संयुक्त टोली खटिएको थियो ।

उनको कोठाबाट नगद १ करोड ४४ लाख रुपैयाँ बरामद गरिएको छ । उक्त रकमको कुनै वैध स्रोत प्रस्तुत गर्न नसकेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका वाङलाई नियन्त्रणमा लिई रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छ।

advertisement_1676551694.gif