राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ साउन ०८, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-०८ सल्ले बस्ने अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइका फरार प्रतिवादी थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका थिङ विरुद्ध मकवानपुर जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो । लामो समयदेखि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका थिङलाई इलाका प्रहरी कार्यालय भीमफेदी ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।