शुक्रबार, ३ जेष्ठ, २०८२

खैरो हेरोइन सहित दुई जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २४ चैत्र, २०८१

खैरो हेरोइन सहित दुई जना पक्राउ

२५ चैत्र २०८१, मोरङ । मोरङमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बेलाबारी नगरपालिका–८ बस्ने २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशरकुमार मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको जानकारी दिएको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको समेत जानकारी दिएको छ । 

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif