सोमबार, ११ श्रावण, २०८३

७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ

२०८३ साउन १०, सर्लाही । सर्लाहीको मलंगवास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सीमा सुरक्षा गुल्म हे.क्वा.मलंगवाबाट खटिएको टोलीले मलंगवा नगरपालिका वडा नं. ८ स्थित सीमा क्षेत्रबाट ७ लाख ५७ हजार नेपाली रुपैयाँसहित ती व्यक्तिलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा स्रोत खुलाउन नसकेको नगद रकम र प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

advertisement_1676553908.gif