सोमबार, ११ श्रावण, २०८३

मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ

२०८३ साउन १०, काठमाडौँ । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खान शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।

उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

advertisement_1676998982.gif