शुक्रबार, ३ जेष्ठ, २०८२

माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १० कार्तिक, २०८१

माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, कार्तिक १० ।  वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहाको सिराहा नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

काफ्लेले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif