राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ श्रावण, २०८२
४ साउन २०८२, काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो। अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका थिए ।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए ।