राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १४ श्रावण, २०८२
२०८२ साउन १३, काठमाडौं । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । साउन ४ मा पक्राउ परेका पूर्वप्रदेश प्रमुखसँग अनुसन्धान पूरा भए लगतै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मङ्गलबार मुद्दा दर्ता गरेको जनाएको छ ।
अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा बलात्कार गरेको आरोप लगाएर मुद्दा दर्ता गरेकी थिइन् । अहिराजविरूद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ ।
यस व्यवस्था अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कारको आरोप पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।