मंगलवार, २८ आश्विन, २०८२

निकोलस भुसाल पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ८ पुष, २०८१

निकोलस भुसाल पक्राउ

८ पुष,  काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेकाबेला रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी पक्राउ परेसँगै घटनाका विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको उनले आफै स्वीकार गरेका थिए।

 पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने भएको छ ।

advertisement_1676551646.gif