बिहीबार, २८ जेष्ठ, २०८३

‘नेपाली ब्रो’लाई पाँच दिन थुनामा राख्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

‘नेपाली ब्रो’लाई पाँच दिन थुनामा राख्न अनुमति

२०८३ जेष्ठ २७, काठमाडौं । ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ चिनिने कुमार थापामाथि अनुसन्धान जारी राख्न काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए। उनीमाथि जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा रड प्रहार गरी भुजेलको हत्या गरेको आरोप छ ।

बुधबार थापालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार थप अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको हो ।

न्यायाधीश पिताम्बर शर्माको इजलासले अनुसन्धान प्रक्रियालाई निरन्तरता दिन प्रहरीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको जनाएको छ ।

advertisement_1676553851.gif