शुक्रबार, ३ जेष्ठ, २०८२

नेपाली सेनाको टोली म्यानमार प्रस्थान

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १९ चैत्र, २०८१

नेपाली सेनाको टोली म्यानमार प्रस्थान

२० चैत्र २०८१, काठमाडौं । नेपाली सेनाको टोली भूकम्पग्रस्त म्यानमार प्रस्थान गरेको छ । मेडिकल सामग्रीसहित टोली आज म्यानमार प्रस्थान गरेको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कूल २२ सदस्यीय टोली नेपाली सेनाको सीएन-२३५ सीएएसए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार पठाउने निर्णय गरेको थियो । टोली एक सातासम्म म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिनेछ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif