बिहीबार, २८ फाल्गुन, २०८२

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० फाल्गुन, २०८२

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा

२०८२ फागुन २०, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको र सोहीअनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो । 

मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेका अनुसार बैठकमा विशेषगरी सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ भएको थियो । सोहीअनुसार सबै ‘युनिट’मा आवश्यक बन्दोबस्तीका सामग्री पुगिसकेको, योजनाअनुरुप सबै सुरक्षा निकाय परिचालन भएका छन् ।

उनले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सबै व्यवस्थापन भएको जानकारी दिए । संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने र कानुनविपरीतका गतिविधि भए गरेको पाइए कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ । 

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, तीनवटै सुरक्षा निकायका प्रमुख तथा गृहमन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो । 

advertisement_1676551537.gif