राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८२ कार्तिक ९, पाल्पा । जेनजी आन्दोलनको क्रममा गत भदै २४ गते नवलपरासी कारागारबाट फरार रहेका कैदी बन्दी पाल्पामा पक्राउ परेका छन् ।
कारागार कार्यालय नवलपरासीमा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की पोखरा महानगरपालिकादृ२१ बस्ने २८ वर्षीय श्याम भनिने समीर गुरुङलाई आज तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले गोप्य सूचनाको आधारमा आज बिहान प्रहरी चौकी प्रभास पाल्पाबाट प्रहरी खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
फरार रहेका गुरुङ ससुराली तानसेन नगरपालिकादृ१०ए साडिखोलामा बसेका थिए । उनलाई कारागार कार्यालय नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।