बिहीबार, २८ फाल्गुन, २०८२

पूर्वी नवलपरासी नवलपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ पुष, २०८२

पूर्वी नवलपरासी नवलपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८२ पुष २६, नवलपरासी । यात्रुबहाक बसमा राखेर लैजादै गरेको अवस्थामा पूर्वी नवलपरासी (नवलपुर) प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट  नगरपालिका–१३ का २५ वर्षिय रामु नाउ र नवलपरासी सुनवल नगरपालिका–७ बस्ने २७ वर्षिय राजकुमारी कुँवर रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबहाक बसलाई चालिस किलो जंगलमा शुक्रबार जेचजाँच गर्ने क्रममा बसमा सवार दुई जनाको साथबाट विभिन्न नामका २ हजार ७७० एप्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी विरेन्द्रराज गुरुङ्ले जानकारी दिए ।

गुरुङ्को साथबाट १ हजार ३ सय र कुँवरको साथबाट १ हजार ४७० एम्पुल लागुऔषध बरामद भएको हो । बरामद भएका लागुऔषध र संलग्न व्यक्तिमाथि कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । 

advertisement_1676551537.gif