मंगलवार, २८ आश्विन, २०८२

पूर्वप्रदेश प्रमुख अहिराज पुर्पक्षका लागि जेल चलान

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ श्रावण, २०८२

पूर्वप्रदेश प्रमुख अहिराज पुर्पक्षका लागि जेल चलान

२०८२ साउन १४, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

उनीमाथी घरमा एक्लै भएको समयमा एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप छ। अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। पूर्वप्रमुख झा साउन ४ गते पक्राउ परेका थिए।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ।

साथै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ।

advertisement_1680627706.gif