बुधबार, २६ कार्तिक, २०८३

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा

२०८३ कार्तिक २५ काठमाडौँ । उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५१२ चालक कारबाहीमा, सबैभन्दा बढी मापसे गर्ने छन् ।

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५१२ जना चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न कसुरमा सो संख्याका चालकहरूलाई कारबाही गरिएको हो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाउने (मा.प.से.) १३६ जना कारबाहीमा परेका छन् ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ जना, रेड लाइट (ट्राफिक संकेत) उल्लंघन गर्ने १६ जना, हर्न बजाउने नियम उल्लंघन गर्ने ८ जना र वन वे नियम मिच्ने १ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, सिसिटिभीमार्फत ३६ जना र अन्य विभिन्न कसुरमा १९६ जना चालक कारबाहीमा परेका छन् ।

सडक सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सबै चालकहरूलाई अनिवार्य रूपमा नियमको पालना गर्न आग्रह गरेको छ ।

advertisement_1676553851.gif