बिहीबार, २८ फाल्गुन, २०८२

रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ माघ, २०८२

रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई पक्राउ

२०८२ माघ २८, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।

गत माघ २६ गते भट्टराईले आफनो फेसबुक वालबाट ती कागजातहरू सार्बजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले बताए ।

‘सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको हो,’ डीएसपी सिंहले भने, ‘भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ ।’

उनलाई कपिलवस्तु नगरपालिका वडा नम्बर २ बाट नियन्त्रणमा लिइएको सिंहका भनाइ छ । भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् ब्यक्तिको चरित्रहत्या गर्ने गरेको दाबी प्रहरीको छ ।

भट्टराईमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरिक्षक सिंहले बताए । जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए ।

advertisement_1676551537.gif