राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ मंसिर, २०८२
२०८२ मंसिर २८, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
विवरण दर्ता अपरेटरको रूपमा कार्यरत महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर-१३ बस्ने २८ वर्षीय आशिषबाबु कुमाललाई पक्राउ गरेको हो ।
उनीहरूलाई सिआइबीले शनिबार पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६” को परिच्छेद ६ दफा ४५ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट मिति २०८२/०८/२७ गतेदेखि लागू हुने गरी पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ ।
.png)