मंगलवार, २८ आश्विन, २०८२

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने भारतीय नागरिक नेपालमा पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ असार, २०८२

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने भारतीय नागरिक नेपालमा पक्राउ

८ असार २०८२, काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भारत, बिहार राज्यका २० वर्षीय अम्मरनाथ कुमारलाई धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोला क्षेत्रबाट पक्राउ गरेको हो ।

आरोपी युवकले फेसबुकमा साथी बनी महिलासँग म्यासेन्जरमा कुराकानीको क्रममा स्क्रिन रेकर्ड गरिएको अश्लील तस्बिर तथा भिडिओ फेक एकाउन्ट खोलेर परिवारका सदस्यलाई पठाई चरित्रहत्या गरेको पीडितका परिवारका सदस्यहरूसम्म पठाएर चरित्र हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको हो ।

हाल अभियुक्तलाई जिल्ला अदालत काठमाडौंको आदेशमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

advertisement_1680627680.gif